समाज


गाडी लिएर दिल्ली जाँदै हुनुहुन्छ? थाहा पाउनुहोस् यो नियम

गाडी लिएर दिल्ली जाँदै हुनुहुन्छ? थाहा पाउनुहोस् यो नियम

नेपालखबर
पुस ४, २०८२ शुक्रबार ५:३९, काठमाडौँ

भारतको राजधानी दिल्लीमा वायु प्रदूषण बढेपछि बिहीबारदेखि बीएस-६ मापदण्ड पूरा नगरेका बाहिरबाट आउने निजी सवारीसाधन प्रवेशमा प्रतिबन्ध लगाइएको छ। यसका साथै ‘नो पीयूसी (पोल्युसन अन्डर कन्ट्रोल), नो फ्युल’ नियम पनि लागु गरिएको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार वैध पीयूसी प्रमाणपत्रबिनाका सवारीसाधनलाई अब पेट्रोल पम्पमा तेल भर्न पनि दिइने छैन। यो सुनिश्चित गर्न स्वचालित नम्बर प्लेट रिडर क्यामेरा, पम्पहरूमा भ्वाइस अलर्ट र प्रहरी सहयोग प्रयोग गरिएको छ।

अधिकारीहरूका अनुसार सीमासहित १२६ चेकपोइन्टमा ५८० प्रहरी कर्मचारीहरू तैनाथ गरिएको छ।

साथै कडाइका साथ नियम कार्यान्वयन गराउन यातायात विभागका प्रवर्तन टोली पनि पेट्रोल पम्प र सीमा क्षेत्रमा खटाइएको छ।

यद्यपि बीएस-६ मापदण्ड पूरा नगरेका सवारीसाधनमा लगाइएको यो प्रतिबन्ध सीएनजी वा विद्युतीय सवारीसाधनमा लागु हुँदैन।

सार्वजनिक यातायात, अत्यवाश्यक सामान बोक्ने तथा जरुरी सेवामा संलग्न सवारीसाधनलाई पनि यो दायराबाट छुट दिइएको बीबीसी हिन्दीले जनाएको छ। 

जीआरपी-४ (ग्रेडेड रेस्पोन्स एक्सन प्लान) अन्तर्गत निर्माण सामग्री बोक्ने सवारीसाधनलाई पनि दिल्ली प्रवेश गर्न अनुमति छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad