समाज


पाँच नेपालीसमेत परेका गोवा आगलागी घटनामा नाइटक्लबका एक मालिक पक्राउ

पाँच नेपालीसमेत परेका गोवा आगलागी घटनामा नाइटक्लबका एक मालिक पक्राउ

पक्राउ परेका अजय गुप्ता र नाइटक्लबमा आगलागी हुँदाको दृश्य।


नेपालखबर
मंसिर २४, २०८२ बुधबार १३:२७, काठमाडौँ

यही मंसिर २० गते अर्थात् डिसेम्बर ६ तारिख मध्यराति भारतको गोवास्थित बिर्च बाई रोमियो लेन नाइटक्लबमा भएको भीषण आगलागीमा ५ नेपालीसमेत २५ जनाको मृत्यु भएपछि क्लबका चार मालिकमध्ये एकलाई प्रहरीले पक्राउ गरेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार क्लबका एक मालिक अजय गुप्तालाई बुधबार उनकै गृहनगर दिल्लीबाट प्रहरीले नियन्त्रणमा लिएको हो। 

गोवा प्रहरीले दिल्ली अपराध शाखा कार्यालयमा लगेर उनलाई सोधपुछ गरिरहेको छ। उनलाई आजै साकेत अदालतमा पेस गरिनेछ।

मिडियाको प्रश्नको जवाफ दिँदै उनले भने, ‘म केवल एक व्यापारिक साझेदार हुँ। मलाई त्यो भन्दा बढी केही थाहा छैन।’

यसैबीच क्लबका अन्य २ मालिक सहोदर दाजुभाइ सौरभ लुथरा र गौरव लुथराले दिल्लीको रोहिणी अदालतमा अग्रिम जमानत आवेदन दायर गरेका छन्। निवेदनको सुनुवाइ आज हुने अपेक्षा गरिएको छ।

आगलागी भएको केही घण्टापछि डिसेम्बर ७ मा दुई दाजुभाइ दिल्लीबाट थाइल्यान्ड भागेका थिए।

अन्तर्राष्ट्रिय आपराधिक प्रहरी संगठन (इन्टरपोल) ले दुवै दाजुभाइविरुद्ध ब्लु कर्नर सूचना जारी गरेको छ।

नाइटक्लबका अर्का मालिक सुरिन्दर कुमार खोसलाविरुद्ध लुकआउट सर्कुलर (एलओसी) जारी गरिएको छ, उनी बेलायती नागरिक हुन्। 

गत शनिबार राति गोवाको उक्त नाइटक्लबमा भएको आगलागीमा ५ नेपालीको पनि ज्यान गएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad