समाज


विपिनसहित ४ जनाको शव लिन गाजा जाँदै रेडक्रस टोली

विपिनसहित ४ जनाको शव लिन गाजा जाँदै रेडक्रस टोली

हमासले इजरायललाई बुझाउन लागेका ४ मृतक बन्धक। तल्लो लहरमा पहिलो विपिन जोशी।


नेपालखबर
असोज २७, २०८२ सोमबार २०:५२, काठमाडौँ

हमासले फिर्ता गर्न लागेका नेपाली विपिन जोशीसहित चार बन्धकको शव लिन रेडक्रसको टोली गाजा गइरहेको इजरायली सेनाले जनाएको छ।

हमासले अन्तत: विपिनको मृत्यु भइसकेको पुष्टि गरेको हो। 

हमासले आज फिर्ता गर्न सार्वजनिक गरेको चार मृत बन्धकको सूचीमा विपिनको नाम पनि उल्लेख गरेको छ। 

बीबीसीका अनुसार हमासले विपिनसँगै गाय इलोज, योसी साराबी र डेनियल पेरेट्जको शव इजरायललाई हस्तान्तरण गर्ने भएको हो। 

यसअघि आजै हमासले २० जीवित बन्धक फिर्ता गरिसकेको छ। 

अमेरिकाको मध्यस्तथतामा इजरायल र हमासबीच इजिप्टमा भएको वार्तामा युद्धविराम सहमति भएपछि बन्धक रिहा गरिएको हो। 

सम्झौताअनुसार हमासले जीवित २० र मृत २८ बन्धक फिर्ता गर्नुपर्नेछ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad