समाज


बन्धक रिहा गर्न हमासले माग्यो थप समय

बन्धक रिहा गर्न हमासले माग्यो थप समय

विपिन जोशीको फाइल तस्बिर


नेपालखबर
असोज २६, २०८२ आइतबार १०:५३, काठमाडौँ

हमासले बन्धकहरू रिहाइका लागि थप समय मागेको छ। 

इजरायल र हमासबीच भएको सम्झौताअनुसार स्थानीय समय शुक्रबार दिउँसोदेखि गाजामा युद्धविराम लागु भएको छ भने त्यसको ७२ घण्टाभित्र हमासले सबै ४८ बन्धक रिहा गर्नुपर्नेछ।

स्थानीय समयअनुसार युद्धविराम लागु भएको ७२ घण्टा भनेको सोमबार स्थानीय समय दिउँसो १२ बजे (नेपाली समय दिउँसो २:४५ ) सम्म जीवित र मृत सबै ४८ बन्धक रिहा गरिसक्नुपर्ने हुन्छ। 

तर यस अवधिमा सबै बन्धक हस्तान्तरण गर्न नसकिने भन्दै हमासले थप समय मागेको हो। योसँगै बन्धक रिहा गर्ने समय अनिश्चित बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ। 

यसैबीच वासिङ्टन पोस्टको पछिल्लो रिपोर्टमा नेपालका विपिन जोशी पनि जीवित बन्धकको सूचीमा राखिएको छ। 

गाजामा युद्धविराम र बन्धक रिहा हुने खबरले नेपाल पनि उत्साहित छ। 

कञ्चनपुरको भीमदत्त नगरपालिका-३ भाँसी निवासी महानन्द जोशीको परिवारमा विपिन फर्किने आशा जागेको छ। 

विपिन जोशीका बुवा, आमा र बहिनी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad