इरानबाट उद्धार गरिएका भारतीय नागरिकसँगै तीन जना नेपाली पनि भारत आइपुगेका छन्।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालका अनुसार इरानबाट आज २७२ भारतीय र तीन नेपाली नागरिकलाई दिल्ली ल्याइपुर्याइएको हो।
रणधीर जयसवालले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत भारतले सञ्चालन गरेको 'अपरेसन सिन्धु'अन्तर्गत उनीहरूलाई इरानबाद्ध उद्धार गरी ल्याइएको जानकारी दिएका हुन्।
#OperationSindhu update
272 Indian and 3 Nepalese nationals were evacuated from Iran on a special flight that arrived in New Delhi from Mashhad at 00:01 hrs on 26th June.
3426 Indian nationals have been brought home from Iran as part of #OperationSindhu pic.twitter.com/Duli9A08sR — Randhir Jaiswal (@MEAIndia) June 26, 2025
अहिलेसम्म ३ हजार ४२६ भारतीयलाई इरानबाट निकालिएको उनले बताए।
तर आज ल्याइएका नेपालीका विषयमा उनले विस्तृत जानकारी दिइसकेका छैनन्।
इजरायल र इरानबीच लडाइँ सुरु भएपछि ती देशमा रहेका विभिन्न देशका नागरिक जोखिममा परेका छन्।
Shares

प्रतिक्रिया