ad ad

समाज


होटलभित्र पसेर ७ जनाले पतिलाई कुटे, पत्नीलाई गरे सामूहिक बलात्कार

होटलभित्र पसेर ७ जनाले पतिलाई कुटे, पत्नीलाई गरे सामूहिक बलात्कार

नेपालखबर
पुस २७, २०८० शुक्रबार १३:३, काठमाडौँ

भारतस्थित कर्नाटक राज्यको हावेरी जिल्लाको एक होटलमा अन्तरधार्मिक दम्पतीलाई कुटपिट गर्दै महिलालाई सामूहिक बलात्कार गरिएको घटना सार्वजनिक भएको छ। 

भाजपाका राष्ट्रिय प्रवक्ता शेहजाद पुनावालाले सात जनाने होटलमा प्रवेश गरेर दम्पतीलाई यातना दिनाका साथै महिलालाई सामूहिक बलात्कार गरेको दाबी गरेका छन्।

यस विषयमा हावेरी जिल्लाका एसपी अंशु कुमारले महिलाले बलात्कार भएको कुरा पहिले नभनेको तर प्रहरीले मिडियाबाट थाहा पाएको बताए। 

घटनाविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको एसपीले कुमारले जानकारी दिए।

उनले मजिस्ट्रेटसमक्ष पेस गरेपछि सीआरपीसीको धारा १६४ अन्तर्गत पीडितको बयान लिइएको बताएका छन्। 

उनका अनुसार हालसम्म यस घटनामा संलग्न सातमध्ये तीन जना पक्राउ परेका छन्। बाँकी चारमध्ये एकजना अस्पतालमा छन् भने तीनजना अझै फरार छन्। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

कांग्रेस सरकारविरुद्ध भाजपाको आरोप
भाजपा नेता शेहजाद पुनावालाले आफ्नो एक्स ह्यान्डलबाट भिडिओ सन्देश जारी गर्दै होटलमा प्रवेश गरी सात जनाले दम्पतीलाई कुटपिट गर्दै महिलालाई सामूहिक बलात्कार गरेको आरोप लगाएका छन्।

उनले प्रियंका वाड्रा र राहुल गान्धीलाई कर्नाटक प्रान्तमा कानुन र व्यवस्थाको स्तर कमजोर भएको आरोप लगाउँदै यस विषयमा मौन बसेको भन्दै आलोचना गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .