समाज


नवलपुरमा किन घट्यो महिला मतदाताको संख्या?

नवलपुरमा किन घट्यो महिला मतदाताको संख्या?

फाइल तस्बिर


नेपालखबर
पुस २५, २०८२ शुक्रबार १२:५७, नवलपरासी पूर्व

अघिल्लो निर्वाचन (२०७९) मा भन्दा यसपालि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा महिला मतदाताको सङ्ख्या घटेको छ। 

अघिल्लो निर्वाचनको भन्दा पनि यस निर्वाचनमा दुई हजार महिला मतदाताको सङ्ख्या घटेको हो ।

नवलपुरका जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्मा भुसालका अनुसार २०७९ को निर्वाचनमा नवलपुरमा एक लाख ३६ हजार १ सय २१ महिला मतदाता थिए । अहिले यो सङ्ख्या घटेर एक लाख ३४ हजार १ सय ७० कायम रहेको भुसालले बताए। 

जिल्लामा महिला मतदाताको सङ्ख्या घटेको भए पनि समग्र मतदाताको सङ्ख्या भने करिब आठ हजारले बढेको भुसालको भनाइ छ ।

महिला मतदाताको सङ्ख्या घटेकोबारे कार्यालयले सूक्ष्म रूपमा खोजी नगरे पनि विवाह भएर जिल्ला बाहिर जाने तथा विभिन्न कारणबाट मतदाता नामावलीबाट नाम हटाइएको कारण हुनसक्ने उनले बताए। 

पुरुषको सङ्ख्या बढ्नुको कारण भने विदेशमा भएका तथा यसअघि छुटेका मतदाताले नाम दर्ता गराएको उनको भनाइ छ । नेपालकै कान्छो जिल्लाका रूपमा रहेको गण्डकी प्रदेशको यस जिल्लामा पुरुष र महिला मतदाता बराबर देखिएका छन्।

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नामावलीअनुसार जिल्लामा महिला पुरुष मतदाता लगभग बराबरी अवस्थामा रहेका भुसालले बताए। 

नवलपुरमा एक लाख ३४ हजार १ सय ७० महिला तथा एक लाख ३४ हजार ३ सय ५२ पुरुष मतदाता रहेका उनको भनाइ छ । जिल्लामा दुई लाख ६८ हजार ५२६ मतदाता छन् जसमा चार जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक मतदाता छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad