समाज


बागलुङमा क्याम्पसका विद्यार्थी सवार भ्यान दुर्घटना हुँदा ७ जना घाइते

बागलुङमा क्याम्पसका विद्यार्थी सवार भ्यान दुर्घटना हुँदा ७ जना घाइते

दुर्घटनामा परेकाे स्कुल भ्यान।


नेपालखबर
भदौ ६, २०८२ शुक्रबार ९:२६, बागलुङ

बागलुङमा क्याम्पसको भ्यान दुर्घटना हुँदा सातजना विद्यार्थी घाइते भएका छन्। 

आज बिहान गलकोट नगरपालिका–५ जोइकुटीस्थित भित्रि सडकमा भ्यान दुर्घटनामा परेको हो।  

हरिचौरबाट हटियातर्फ जाँदै गरेको गलकोट बहुमुखी क्याम्पसको विद्यार्थी सवार भ्यान सडकबाट तल खसेको प्रहरीले जनाएको छ। 

घाइते हुनेमा भ्यान चालक २५ वर्षीय मोहन सिंह सुनार, १८ वर्षीया सुस्मीता विक, १८ वर्षीया प्रमिला विक, १८ वर्षीय जिवन खत्री, १८ वर्षीया मुना गौतम, १९ वर्षीया अनिता क्षेत्री र १८ वर्षीया सुनिता सापकोटा छन्। 

घाइते विद्यार्थीलाई उपचारका लागि गलकोट नगर अस्पताल बागलुङ पठाइएको प्रहरीले जनाएको छ।  उनीहरु बसेको अवस्था खतरामुक्त रहेको इलाका प्रहरी कार्यालय गलकोटका प्रहरी सहायक निरीक्षक मन बहादुर कार्कीले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad