समाज


मादीले बगाउँदा एक जना बेपत्ता

मादीले बगाउँदा एक जना बेपत्ता

नेपालखबर
साउन २५, २०८२ आइतबार ७:४२, तनहुँ

तनहुँको व्यास नगरपालिका–७ दुलेँपानीस्थित मादी नदीले बगाउँदा एक जना बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा व्यास नगरपालिका–१ अम्रेनी बस्ने ४० वर्षीय हरि परियार रहेका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। 

बेपत्ता परियार नेपाल दूरसञ्चार प्राधिकरण दमौलीमा कार्यरत थिए। उनकाे खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए।

पिकनिक गएकामध्ये तीन जना मादी नदीमा पौडी खेल्न गएका थिए। पौडी खेल्ने क्रममा परियारलाई पानीले बगाएको हाे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad