पोखरामा बसको ठक्करबाट गएराति एकजनाको मृत्यु भएको छ।
पोखरा महानगरपालिका २९ भण्डारढिकमा ग.१ प १९९ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४५ वर्षीय बुद्धि बहादुर परियारको बुधबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।
बसको ठक्करबाट गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो। ठकर दिने बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
3.1k
Shares

प्रतिक्रिया