समाज


लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटको टोली मुस्ताङमा

लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटको टोली मुस्ताङमा

नेपालखबर
बैशाख ३०, २०८२ मंगलबार १०:३८, गण्डकी

नेपाल प्रेस युनियनको आयोजनामा शुक्रबारदेखि जारी लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटअन्तर्गत सोमबार तेस्रो दिन अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका सञ्चारकर्मीसहितको टोली पोखरा हुँदै हिमाल पारीको जिल्ला मुस्ताङमा आइपुगेको छ।
    
पोखराको अन्नपूर्ण केबलकारमार्फत फेवातालसहित पोखराको मनोरम दृश्य नियाल्दै यात्रा सुरु गरेको टोलीले कास्कीको अन्नपूर्ण गाउँपालिका र पर्वतको जलजला गाउँपालिकामा विभिन्न कार्यक्रम सञ्चालन गरेको हो।

टोलीले म्याग्दीको प्रसिद्ध तीर्थस्थल गलेश्वरधाम, रुप्से झरनालगायत पर्यटकीय गन्तव्यको प्रवर्द्धनात्मक भ्रमण गर्दै मुस्ताङ आइपुगेको हो । यात्राका सहभागीलाई अन्नपूर्ण गाउँपालिकामा बाजागाजाका साथ गाउँपालिकाका तर्फबाट स्वागत गरिएको थियो।

सहभागीलाई स्वागत गर्दै अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले कृषि, पर्यटन र ऊर्जा क्षेत्रको विकास र प्रवर्द्धनलाई केन्द्रित गदै नागरिकलाई सुशासनसहितको सेवा प्रवाहमा पालिका संवेदनशील भएर काम गरिरहेको बताए। 

गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारी र प्रमुख प्रशासकीय अधिकृत विष्णु पोख्रेलले गाउँपालिकाले गरिरहेको सेवा प्रवाह र विकास निर्माणका गतिविधिका बारेमा सहभागीलाई जानकारी गराएका थिए। 
    
पर्वतको जलजला गाउँपालिकामा नेपाल प्रेस युनियन पर्वतले आयोजना गरेको कार्यक्रममा गाउँपालिकाकोे कृषि, पर्यटनको सम्भावनाबारे पालिकाका सूचना प्रविधि अधिकृत सुदीप पौडेलले बताए। 

प्रमुख प्रशासकीय अधिकृत हरिकृष्ण आचार्यले ४१ प्रतिशत जमिन वनजङ्गलले ढाकेको जलजला गाउँपालिकाले न्यूनतम स्रोतसाधनमा पनि जडीबुटी, जमिन, जङ्गल र कृषिमा सम्भावना खोजिरहेको जानकारी दिए।

दुवै कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले गाउँपालिकाको सम्भावनालाई सञ्चारमाध्यममार्फत उजागर गरिने विश्वास व्यक्त गरे। 

ललितपुरको हिमालय होटेलमा औपचारिक उद्घाटन गर्दै राजधानीसहित पोखरामा विश्वका बदलिँदो परिवेशमा प्रविधिले निम्त्याएको अवसर र चुनौती तथा दक्षिण एसियामा सञ्चार क्षेत्रले भोग्नुपरेका समस्या, दक्षिण एसियाको पत्रकारिताको प्रभाव, प्रेस स्वतन्त्रता र नेपाली पत्रकारितालगायत विषयमा विभिन्न सत्रमा छलफल तथा अन्तरक्रिया गरिएको थियो। 
    
मङ्गलबार मुस्ताङको जोमसोममा जलवायु परिवर्तन र यसको प्रभाव, चुनौतीलगायत विषयमा सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल तथा अन्तरक्रिया गर्दै लोमन्थाङ घोषणापत्र जारी गरिने नेपाल प्रेस युनियनले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad