तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदीमा डुबेर एक बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा व्यास नगरपालिका-२ दमौली निवासी ११ वर्षीय यमन शाही रहेका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए।
पौडी खेल्न गएका उनलाई बिहीबार शान्तिनगर तल मादी नदीले बगाएर बेपत्ता बनाएको थियो।
नदीमा बेपत्ता बालकको बिहीबारदेखि नै खोजतलास गरिएकामा शुक्रबार साँझ व्यास नगरपालिका-१ स्थित मादीसेती घाट नजिक शव भेटिएको प्रनाउ थापाले जानकारी दिए। रासस
243
Shares

प्रतिक्रिया