समाज


बारीमा उम्रिएको च्याउको तरकारी खाँदा बिरामी परेका युवकको मृत्यु, ९ जना खतरामुक्त

बारीमा उम्रिएको च्याउको तरकारी खाँदा बिरामी परेका युवकको मृत्यु, ९ जना खतरामुक्त

नेपालखबर
चैत ५, २०८१ मंगलबार ७:४, तनहुँ

तनहुँको व्यास नगरपालिका–६ शान्तिटोलमा बारीमा उम्रिएको जंगली च्याउको तरकारी खाँदा बिरामी परेका एक जनाको मृत्यु भएको छ। 

म्याग्दे गाउँपालिका–६ सर्वलाङका ३० वर्षीय नारायण मगरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। 

गत शुक्रबार राति च्याउको तरकारी खाँदा बिरामी परेका १० जनामध्ये पोखरामा उपचारका क्रममा नारायणको सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए। 

थापाका अनुसार च्याउको तरकारी खाएपछि बिरामी परेका नौ जनाको अवस्था खतरामुक्त छ। बारीमा उम्रिएको च्याउको तरकारी खाँदा शुक्रबार १० जना बिरामी परेका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad