समाज


रोकिराखेको टिपरमा तीव्र गतिको मोटरसाइकल ठोकिँदा २९ वर्षका युवकको मृत्यु

रोकिराखेको टिपरमा तीव्र गतिको मोटरसाइकल ठोकिँदा २९ वर्षका युवकको मृत्यु

नेपालखबर
फागुन ४, २०८१ आइतबार ५:८, काठमाडौँ

पूर्व-पश्चिम राजमार्गमा पर्ने नवलपरासी पूर्वको कावासोतीमा टिपरमा मोटरसाइकल ठोकिँदा एक युवकको मृत्यु भएको छ। 

कावासोती नगरपालिका-८ खरकट्टामा रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किँदा नवलपरासी पूर्वको देवचुली नगरपालिका-१६ का २९ वर्षीय केशव महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ।

जंगल क्षेत्रमा बिग्रिएर सडक किनारामा रोकिराखेको लु २ ख ४१६६ नम्बरको टिपरमा ना ३८ प १२७५ नम्बरको मोटरसाइकल ठोकिँदा दुर्घटना भएको हो। 

दुर्घटनामा गम्भीर घाइते महतोलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी निरीक्षक सुशील घिमिरेले जानकारी दिए। 

तीव्र गतिको कारण मोटरसाइकल दुर्घटनामा परेको अनुमान गरिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad