समाज


क्यान्सरपीडित ७३३ जनालाई गण्डकी सरकारको सहयोग

क्यान्सरपीडित ७३३ जनालाई गण्डकी सरकारको सहयोग

फाइल तस्बिर


नेपालखबर
माघ ३०, २०८१ बुधबार ११:११, गण्डकी

गण्डकी प्रदेश सरकारको क्यान्सर उपचार सहायता कार्यक्रमबाट ७३३ जना लाभान्वित भएका छन्। उनीहरूलाई  प्रदेश सरकारले दुई करोड ३५ लाख ८९ हजार रुपैयाँ प्रदान गरेको छ। 

स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकका अनुसार प्रदेश सरकारले काठमाडौँस्थित वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, भक्तपुर क्यान्सर अस्पताल, निजामती कर्मचारी अस्पताल र चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर  अस्पतालसँग सम्झौता गरी उपचार सहायता कार्यक्रम विस्तार गरेको छ। 

नेपाल रेडक्रससँगको समन्वयमा रगत निःशुल्क उपलब्ध गराइएको छ भने दश वर्षमुनि र ६० वर्षमाथिका व्यक्तिको प्रयोगशाला परीक्षण पनि निःशुल्क गरिएको छ।

यसैगरी प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट नसर्ने र मानसिक रोगका २२, नवजात शिशु एवं बालरोगको ११, आधारभूत र आकस्मिक उपचारका लागि ४५ र आयुर्वेदतर्फ २३ प्रकारका औषधि निःशुल्क वितरण भएको छ। प्रदेश सरकार मातहका अस्पतालमा पाठेघर खसेको महिलाको पनि निःशुल्क उपचार हुने गरेको छ। 

मिर्गौलाका बिरामीलाई डायलाइसिस सेवा पनि निःशुल्क प्रदान गरिएको छ। सरकारी र निजी गरी १५ वटा स्वास्थ्य संस्थाबाट ८०४ बिरामीले उक्त सेवा लिइरहेका छन्।  

स्वास्थ्य मन्त्रालयले समुदायस्तरमा नसर्ने रोगको ‘स्क्रिनिङ’ गर्ने कार्यक्रम पनि सुरु गरेको छ। स्थानीय तहसँगको सहकार्यमा रक्तचाप, मधुमेह, मोटोपना, क्यान्सरलगायत नसर्ने रोगको निदानका लागि ‘स्क्रिनिङ’ शुरु गरेको स्वास्थ्यमन्त्री पाठकले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad