समाज


ट्याक्टरको ठक्करबाट २ कक्षामा पढ्ने बालकको मृत्यु

ट्याक्टरको ठक्करबाट २ कक्षामा पढ्ने बालकको मृत्यु

नेपालखबर
असोज २१, २०८१ सोमबार ११:३७, तनहुँ

तनहुँको व्यास नगरपालिका–१ गल्बुबेसीमा आज ट्याक्टरले ठक्कर दिदाँ आठ वर्षीय बालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मृत्यु हुनेमा सविन कुमाल रहेका छन्। 

ग १ त ७०३१ नम्बरको ट्याक्टरले ठक्कर दिँदा गम्भीर घाइते भएका बालकको उचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए। 

सोही वडास्थित ज्ञानगङ्गा बोडिङ स्कुलमा कक्षा २ मा अध्यनरत कुमाल टयाक्टरको ठक्करबाट सख्त घाइते भएका थिए। उनलाई उपचारका लागि दमौली अस्पताल लगिएको थियो।

ट्याक्टर चालक प्रदीप विकलाई प्रहरीले नियन्त्रणमा लिएर थप  अनुसन्धान अघि बढाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad