कारोबार


एनएमबी बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग

एनएमबी बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग

नेपालखबर
असोज २१, २०८१ सोमबार ११:४२, काठमाडौँ

एनएमबी बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोगस्वरुप प्रदान गरेको छ।

उक्त सहयोगले बाढी पहिरोबाट प्रभावित समुदायलाई राहत तथा पुनर्स्थापना गराउन र बिग्रिएका, भत्किएका संरचनाहरुको पुनर्निर्माण गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास बैंकले लिएको छ। 

बैंकका उच्च पदाधिकारीहरुले आज प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगी  उक्त सहयोग रकम बराबरको चेक प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष हस्तान्तरण गरेका हुन्।

बाढी पहिरोबाट प्रभावित समुदायहरुलाई अत्यावश्यक राहत र सहायता प्रदान गर्ने उद्देश्यका साथ प्रदान गरेको उक्त सहयोग बैंकको सामाजिक उत्तरदायित्व र सामुदायिक कल्याणप्रति आफ्नो प्रतिबद्धता भएको बैंकले जनाएको छ। 

साथै, यस चुनौतीपूर्ण समयमा दैवी प्रकोपबाट प्रभाभित नेपाली नागरिकहरूलाई चाहिने साथ र सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।

एनएमबी बैंकले हाल देशभर २०१ शाखाहरु, १८७ एटीएमहरु र ११ एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad