ad ad

समाज


रुकुम पूर्वमा २५ वर्षीया पत्नीको हत्या गरेपछि २७ वर्षका युवक फरार

रुकुम पूर्वमा २५ वर्षीया पत्नीको हत्या गरेपछि २७ वर्षका युवक फरार

नेपालखबर
असार ३०, २०८१ आइतबार ११:४२, काठमाडौँ

रुकुम पूर्वका एक युवकले आफ्नी २५ वर्षीया पत्नीको हत्या गरेका छन्। 

भूमे गाउँपालिका ६ तमारीका २७ वर्षीय दामे भनिने जीवन ओलीले २५ वर्षीया श्रीमती अप्सरा ओलीको हत्या गरेका जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका इन्सपेक्टर हरि भट्टराईले जानकारी दिए। 

‘खुकुरीले घाटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको छ,’ भट्टराईले नेपालखबरसँग भने, ‘हत्यापछि ओली फरार छन्। उनको खोजी भइरहेको छ।’

गएको शुक्रबार राति ११ बजे घरमै उनले श्रीमतीको घाटी रेटेर हत्या गरेर घरदेखि केही पर रहेको खोल्सामा लगेर शव फालेको पाइएको प्रहरी निरीक्षक भट्टराईले बताए। शव पोस्टमार्टमपछि प्रहरीले आफन्तको जिम्मा लगाएको छ। 

‘हत्याको कारण खुलेको छैन,’ भट्टराईले भने, ‘घरायसी विवादमा उनले पत्नीको हत्या गरेको छिमेकीहरुले बताएका छन्। हत्यारा फरार रहेकाले थप कारण खुलेको छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .