ad ad

समाज


काठमाडौँबाट म्याग्दी जाँदै गरेको रात्रि बस कास्कीमा पल्टियो

काठमाडौँबाट म्याग्दी जाँदै गरेको रात्रि बस कास्कीमा पल्टियो

नेपालखबर
जेठ १७, २०८१ बिहिबार १०:२८, काठमाडौँ

गएराति काठमाडौँबाट म्याग्दीतर्फ जाँदै गरेको बस कास्कीमा दुर्घटना हुँदा सात जना घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माका अनुसार आज बिहान पौने चार बजे अन्नपूर्ण गाउँपालिका-१ लेवाडेमा बा५ख २८५ नम्बरको बस बस पल्टिएको हो। 

‘बसमा चालकसहित सवार १३ सवार रहेछन्। त्यसमध्ये सातजना घाइते भएका छन्,’ शर्माले नेपालखबरसँग भने, ‘घाइते चार जनाको मणिपाल अस्पताल पोखरा र तीन जनाको गण्डकी मेडिकल कलेजमा उपचार भइहेको छ।’

दुर्घटनामा म्याग्दीको मालिकाका ३९ वर्षीय टकबहादुर कामी, म्याग्दीकै मंगला गाउँपालिका वडा नम्बर-१ निस्कोटका ४५ वर्षीय प्रेम पुन, मालिका वडा नम्बर-८ का ५७ वर्षीय तिलक शर्मा, दरबाङकी १५ वर्षीया सबिता श्रीपाली, दरबाङकै १७ वर्षीया भीमसेन अधिकारी, मंगला गाउँपालिका- १ सिमह बस्ने वर्ष ५७ की हरी केसी र म्याग्दीकै २५ वर्षीया रञ्जना हमाल घाइते भएका छन्। 

दुर्घटनामा बसका चालक पर्वतको जलजला गाउँपालिका वडा–८ बस्ने ३६ वर्षीय बलबहादुर फगामी मगर पनि घाइते भएका शर्माले बताए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .