समाज


चुमनुव्रीकी जनप्रतिनिधि दिजेन लामा भन्छिन्- वीरेन्द्र हिमतालबाट निस्केको बाढी कालीगण्डकीभन्दा ठूलो छ

चुमनुव्रीकी जनप्रतिनिधि दिजेन लामा भन्छिन्- वीरेन्द्र हिमतालबाट निस्केको बाढी कालीगण्डकीभन्दा ठूलो छ

गोरखाको चुमनुव्री गाउँपालिकामा पर्ने सामागाउँ


नेपालखबर
बैशाख ९, २०८१ आइतबार १०:२९, काठमाडौँ

गोरखाको चुमनुब्री गाउँपालिका- १ मा रहेको वीरेन्द्र हिमतालमा ठूलो पहिलो खस्दा त्यसक्षेत्रमा भीषण बाढी आएको छ। 

हिमतालमा गएराति पहिरो खसेपछि स्थानीय खहरेमा ठूलो बाढी आएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। 

‘बाढीले चुमनुब्री- १ मा काठको १५ मिटर लामो एउटा पुल बगाएको सूचना हामीलाई आएको छ,’ जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक (एसपी) बासुदेव पाठकले  नेपालखबरसँग भने, ‘प्रहरी टोली घटनास्थलतिर जाँदैछ। क्षतिको थप विवरण आइसकेको छैन।’

ताल रहेको क्षेत्र चुननुब्री- १ सामागाउँबाट झण्डै दुई घण्टाको पैदल दुरीमा पर्ने चुमलुब्री गाउँपालिका- १ की वडा सदस्य दिजेन लामाले जानकारी दिइन्।

सामागाउँ प्रहरी चौकीबाट असईको कमाण्डमा प्रहरी टोली घटनास्थलतिर प्रस्थान गरेको एसपी पाठकले बताए।

‘त्यहाँ मानव वस्ती त्यति नभएकाले बाढीले मानिस र पशु चौपायालाई क्षति नगरेको हुनसक्छ,’ एसपी पाठकले भने, ‘माथिबाट हिउँ पग्लिएर ताल भरिएपछि फुटेको आशंका हामीले गरेका छौँ। स्थलगत अध्ययनपछि यथार्थ थाहा होला।’

तर, हाल घटनास्थलमै रहेकी वडासदस्य लामाले तालमा माथिबाट ठूलो पहिरो खसेकाले एकैपटक ठूलो परिणाममा तालको पानी बाहिरिँदा बाढी आएको बताइन्। 

‘बाढी अत्यन्तै ठूलो छ,’ उनले नेपालखबरसँग भनिन्, ‘वर्खामा कालीगण्डकीमा आउने भन्दा पनि ठूलो बाढी अहिले कालीगण्डकीतर्फ अघि बढिरहेको छ। हामीले नदी आसपास क्षेत्रका स्थानीयलाई सतर्क रहन सूचना गरेका छौँ।’

उनले वीरेन्द्र ताल त्यस क्षेत्रकै ठूलो ताल भएको बताइन्।

‘यो ताल मनास्लु हिमालको काखमा छ। ठूलो ताल हो,’ उनले भनिन्, ‘वर्खाको बेला त्यो तालबाट ठूलै बाढी बग्छ। तर, हिउँदमा भने सानो पानी मात्रै निकास हुने गरेको थियो।’ 

उनले ताल फुटेर अघि बढेको बाढी बुढीगण्डकीमा मिसिने बताइन्।

‘तालको पानी बुढिगण्डकीमा मिसिँदा बुढिगण्डकीमा वारपार ढाकेर बाढी आउन सक्छ। नदी क्षेत्रमा बसोबास गर्ने र गिटी कुट्नेहरुले चनाखो हुनुपर्ने देखिन्छ।’

उनले तालको पानीले ठूलो बाढीको रुप लिँदा सामागाउँ र साम्दो गाउँ आवतजावत गर्न स्थानीय बनाएको १५ मिटर लामो पुल बगाएको बताइन्।

‘वरपरका अन्य केही संरचना पनि बगेको आशंका गरिएको छ,’ उनले भनिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .