समाज


गोरखामा हिमताल फुट्दा चुमनुव्रीमा भीषण बाढी, एउटा पुल बगायो

गोरखामा हिमताल फुट्दा चुमनुव्रीमा भीषण बाढी, एउटा पुल बगायो

गोरखाको वीरेन्द्र लेक (तस्बिर : गुगल अर्थ)


नेपालखबर
बैशाख ९, २०८१ आइतबार ९:४६, काठमाडौँ

गोरखाको चुमनुब्री गाउँपालिका- १ मा रहेको वीरेन्द्र हिमताल फुटेको छ। 

हिमताल फुटेपछि त्यहाँको स्थानीय खहरेमा ठूलो बाढी आएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। 

‘बाढीले काठको १५ मिटर लामो एउटा पुल बगाएको सूचना हामीलाई आएको छ,’ जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक (एसपी) बासुदेव पाठकले केहीबेरअघि नेपालखबरसँग भने, ‘प्रहरी टोली घटनास्थलतिर जाँदैछ। क्षतिको थप विवरण आइसकेको छैन।’

ताल रहेको क्षेत्र चुमनुब्री- १ सानागाउँबाट झण्डै दुई घण्टाको पैदल दुरीमा पर्ने पाठकले बताए। सानागाउँ प्रहरी चौकीबाट असईको कमाण्डमा प्रहरी टोली घटनास्थलतिर प्रस्थान गरेको छ। 

‘त्यहाँ मानव वस्ती त्यति नभएकाले बाढीले मानिस र पशु चौपायालाई क्षति नगरेको हुनसक्छ,’ एसपी पाठकले भने, ‘माथिबाट हिउँ पग्लिएर ताल भरिएपछि फुटेको आशंका हामीले गरेका छौँ। स्थलगत अध्ययनपछि यथार्थ थाहा होला।’ 

उनले वीरेन्द्र ताल सानै खाले ताल भएको बताए। त्यहाँबाट आएको बाढी बुढीगण्डकीमा मिसिने स्थानीयले बताएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .