समाज


मध्यराति गायक राजेश पायल राई पक्राउ

मध्यराति गायक राजेश पायल राई पक्राउ

फाइल तस्बिर : गायक राजेश पायल राई


नेपालखबर
चैत २२, २०८० बिहिबार ७:५३, काठमाडौँ

गायक राजेश पायल राईलाई प्रहरीले पक्राउ गरेको छ। 

मादक पदार्थ पिएर होहल्ला गरिरहेको अवस्थामा गायक राईसहित तीन जनालाई नियन्त्रणमा लिइएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए। 

‘उनीहरू तीनै जनालाई गएराति नियन्त्रणमा लिई नयाँ बानेश्वर प्रहरी वृत्तमा राखिएको छ’, उनले भने, ‘घटनाबारे अनुसन्धान भइरहेको छ।’

प्रहरी परिसरका अनुसार उनीहरूलाई अनामनगरस्थित मदनभण्डारी कलेजनजिकैबाट पक्राउ गरिएको हो। अन्यको नाम भने प्रहरीले खुलाएन। 

मदिरा पिएर होहल्ला गरेको भन्दै स्थानीयले खबर गरेपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो। त्यस क्रममा गायक राईलगायतले उल्टै प्रहरीलाई गालीगलोज गरेपछि नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .