ad ad

समाज


ब्युँतियो पल शाहविरुद्धको बलात्कार मुद्दा, सर्वोच्च अदालतले दोहोर्‍याएर हेर्ने

ब्युँतियो पल शाहविरुद्धको बलात्कार मुद्दा, सर्वोच्च अदालतले दोहोर्‍याएर हेर्ने

नेपालखबर
मंसिर ३०, २०८० शनिबार ९:५२, काठमाडौँ

नाबालिग बलात्कार प्रकरणमा उच्च अदालत पोखराबाट सफाइ पाएका अभिनेता पल शाह (पूर्णविक्रम शाह) विरुद्धको मुद्दा ब्युँतिएको छ। 

उच्च अदालत पोखराले गरेको फैसला त्रुटिपूर्ण देखिएको दाबी गरी महान्यायाधिवक्ताको कार्यालयले दिएको निवेदनमा सर्वोच्च अदालतले सुनुवाइ गर्दै अभिनेता पलविरुद्धको मुद्दा दोहोर्‍याएर हेर्ने अनुमति दिएको हो। 

उच्च अदालत पोखराका तत्कालीन कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले २०७९ फागुन ४ गते बलात्कार मुद्दामा पल शाहलाई सफाइ दिएको थियो।

उक्त फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा मुद्दा दोहोर्‍याएर हेरी पाऊँ भनी निवेदन दिएको थियो।

उक्त निवेदनमा मंसिर २२ गते सुनुवाइ गर्दै न्यायाधीश सुष्मालता माथेमा र हरि फुयाँलको संयुक्त इजलासले उच्च अदालतको फैसला परीक्षण गर्ने अनुमति दिएको हो। 

सर्वोच्चको आदेशमा भनिएको छ, ‘यसमा पीडित नाबालक रहेको देखिएकोले पीडितको बकपत्र र प्रतिवादीको बयान तथा शारीरिक परिक्षण प्रतिवेदन तथा चिकित्सकको बकपत्र, पीडित र प्रतिवादीबीचको अडिओ रेकर्ड र त्यसको प्रतिवादीबाट अदालतको बयानको स.ज. ११ मा गरेको स्वीकारोक्तिसमेतका प्रमाणको समुचित मूल्यांकन नगरी भएको उच्च अदालत पोखराको मिति २०७९।११।४ को फैसलामा प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ तथा मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (१) र (२) को व्याख्यात्मक त्रुटि र ने.का.प. २०७५ अंक ११ नि.नं. १०१३२ समेतमा प्रतिपादित सिद्धान्त समेतको प्रतिकूल भई न्याय प्रशासन ऐन, २०७४ को दफा १२ (१) को खण्ड (क) र (ख) को अवस्था विद्यमान देखिँदा प्रस्तुत मुद्दा दोहोर्‍याई हेर्ने अनुमति प्रदान गरिएको छ। नियमानुसार पेस गर्नू।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .