ad ad

कला


यस्तो छ पल शाहलाई सफाइ दिने फैसलाको पूर्णपाठ

यस्तो छ पल शाहलाई सफाइ दिने फैसलाको पूर्णपाठ

अभिनेता पल शाह


नेपालखबर
साउन १, २०८० सोमबार १०:३६, काठमाडौँ

बालिका बलात्कार मुद्दामा अभिनेता पल शाहलाई सफाइ दिने उच्च अदालत पोखराको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ।

उच्च अदालतका न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले सफाइ दिएपछि पल एक वर्षको जेल बसाइपछि गत फागुन १५ गते रिहा भएका थिए। 

उनलाई सफाइ दिने उक्त आदेशको ३१ पृष्ठको पूर्णपाठ अहिले सार्वजनिक भएको हो। जसमा पीडित नै सबैभन्दा ठूलो प्रमाण हुने र उसैले आफूलाई बलात्कार नभएको भनेपछि अभिनेता शाहले सफाइ पाएको उल्लेख छ। 

‘जबरजस्ती करणी मुद्दामा पीडित नै सर्वश्रेष्ठ प्रमाण हुने हुँदा निज पीडित अदालतमा उपस्थित भइ स्वयंले आफू उपर प्रतिवादीबाट जबरजस्ती करणी नभएको भनी स्वतन्त्र रुपले बकपत्र गर्दा गर्दै प्रतिवादी उपर किटानी जाहेरी परेकै कारणले मात्र प्रतिवादीलाई दोषी करार गर्नु न्यायसम्मत हुँदैन,’ फैसलाको पूर्णपाठमा भनिएको छ।

पढ्नुहोस फैसलाको पूर्णपाठ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .