ad ad

ग्लोबल


इन्डोनेसियाको ज्वालामुखी विस्फोटमा मृत्यु हुनेको संख्या २३ पुग्यो

इन्डोनेसियाको ज्वालामुखी विस्फोटमा मृत्यु हुनेको संख्या २३ पुग्यो

नेपालखबर
मंसिर २०, २०८० बुधबार १०:४२,

इन्डोनेसियाको सुमात्रामा ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको संख्या २३ पुगेको छ।

इन्डोनेसियाको सुमात्रा टापुमा रहेको मारापी ज्वालामुखी विस्फोटमा परी मृत्यु हुने आरोहीको संख्या २३ पुगेको पश्चिम सुमात्रा प्राकृतिक स्रोत संरक्षण एजेन्सीले जनाएको हो।

मृत्यु भएकामध्ये २० जनाको शव अस्पताल लगिएको छ भने अन्य तीनजनालाई बाहिर निकाल्ने प्रक्रिया थालिएको बताइएको छ।

कुल ७५ आरोहीमध्ये ५२ जना बाच्न सफल भएका छन्। कतिपय घर फर्किसकेका छन् भने गम्भीर घाइते १२ जनासहित अन्यको अस्पतालमा उपचार भइरहेको छ।

टापुमा ज्वालामुखी विस्फोट भएपछि पहिलो चरणमा ४९ जना आरोही र दोस्रो चरणमा १४ जनालाई फेला परेका थिए।

दुई हजार ८९१ मिटर अग्लो हिमाल वरपरका चार जिल्लामा ज्वालामुखी विष्फोट भएको थियो।

अधिकारीहरूले मानिसहरूलाई मुख्य खाडलको ३ किलोमिटरको दायराभित्र खतरा क्षेत्रमा जान निषेध गरेका छन्। – सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .