समाज


शोभराजको ट्राभल डकुमेन्ट आयो, आजै डिपोर्ट गर्न एयरपोर्ट लगियो

दोहा हुँदै शनिबार बिहान फ्रान्स पु्ग्नेछन् शोभराज
शोभराजको ट्राभल डकुमेन्ट आयो, आजै डिपोर्ट गर्न एयरपोर्ट लगियो

फाइल तस्बिर


नेपालखबर
पुस ८, २०७९ शुक्रबार १६:५४, काठमाडौँ

अध्यागमन विभाग पुर्‍याइएका कुख्यात सिरियल किलर चार्ल्स शोभराजको ट्राभल डकुमेन्ट आएको छ।

काठमाडौंस्थित फ्रान्सेली दूतावासले १९ वर्ष कैद सजाय भोगेर शुक्रबार केन्द्रीय कारागार सुन्धारबाट रिहा भएका ७७ वर्षीय शोभराजक ट्राभल डकुमेन्ट पठाएको हो।

ट्राभल डकुमेन्ट आएपछि शुक्रबार साँझ नै फ्रान्सतर्फ डिपोर्ट गर्ने गरी उनलाई अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ लगेको छ।

तर सुन्धारा जेलबाट रिहा भएका उनले प्रेमिका निहिता विश्वास र उनकी आमा सकुन्तला थापालाई भेट्न अस्वीकार गरेका छन्। 

पत्रकारलाई समेत भेट्न अस्वीकार गरेका उनलाई साँझ ६ बजे कतार एयरवेजको उडान नम्बर क्युआर ६४७ बाट दोहाका लागि पठाइनेछ। 

शोभराजलाई विमानस्थलतर्फ लगिँदै। तस्बिर : सरोज बैजु/नेपालखबर

दोहामा राति पौने ९ बजे उत्रिने उनलाई त्यहाँबाट मध्यराति १ बजेर २५ मिनेटमा कतार एयरवेजकै उडना नम्बर क्युआर ४१ जहाजले पेरिसतर्फ लैजानेछ। 

शोभराज शनिबार बिहान ६ बजेर ३५ मिनेटमा पेरिसमा उत्रिनेछन्। अध्यागमन विभागले भिसासहितका कागजी प्रक्रिया बाँकी रहेकाले उनलाई फेरि डिल्ली बजार जेल पठाउने तयारी गरेको थियो।

तर दूतावासबाट ट्राभल डकुमेन्टसहित भ्रमण अनुमति मिलेपछि शोभराजलाई डिपोर्ट गर्नका लागि अध्यागमनका कर्मचारी र प्रहरीले विमानस्थलतर्फ लगिसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .