समाज


भरतपुरमा दुध बोक्ने गाडी र माइक्रो ठोकिँदा १ घाइते

दुर्घटनापछि माइक्रो नहरमा खस्यो
भरतपुरमा दुध बोक्ने गाडी र माइक्रो ठोकिँदा १ घाइते

दुर्घटनामा परेक दुई गाडी


नेपालखबर
असार २२, २०८२ आइतबार ८:३६, हेटाैँडा

चितवनको भरतपुर महानगरपालिका–५ स्थित मिलिजुली चोकमा आइतबार बिहान दुधबोक्ने गाडी र माइक्रोबस आपसमा ठोकिँदा एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सिताराम चोकबाट तोरीखेततर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ च ८४२४ नम्बरको दुध बोक्ने गाडीले भित्री शाखा सडक हुँदै आइरहेको ना–१ ज ८७६८ नम्बरको माइक्रो बसलाई ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनापछि दुधबोक्ने गाडी सडकमै पल्टिएको छ भने माइक्रो नारायणी लिफ्ट सिँचाइ आयोजनाको नहरमा खसेको प्रहरीले जनाएको छ।

दुबै सवारी साधनमा चालकबाहेक अरू कोही थिएनन्। 

दुर्घटनामा घाइते भएका दुधबोक्ने गाडीका चालकको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

माइक्रोबसका चालक भने सकुशल रहेका चितवन प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनाबारे अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad