समाज


साइकल यात्रीलाई एउटा ट्रकले ठक्कर दिएर लडायो, अर्कोले आएर किच्यो

साइकल यात्रीलाई एउटा ट्रकले ठक्कर दिएर लडायो, अर्कोले आएर किच्यो

नेपालखबर
फागुन २१, २०८१ बुधबार १३:३०, चितवन

चितवनमा ट्रकको ठक्करबाट एकजना साइकल यात्रीको मृत्यु भएको छ। 

एउटा ट्रकले ठक्कर दिँदा लडेका साइकल यात्रीलाई तीव्र गतिमा आएको अर्को ट्रकले ठक्कर दिँदा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ। 

मृत्यु हुनेमा पर्साको वीरगन्ज महानगरपालिका- ८ भिसुवा घर भएका ४३ वर्षीय सन्तोष सराफ रहेका छन्। 

साइकलमा सवार उनलाई गएराति चितवनको राप्ती नगरपालिका-१ ड्राइभर टोलको सडकमा सुरुमा म.प्र.०३-००२ ख ०५३६ नम्बरको ट्रकले ठक्कर दिएको थियो। 

उक्त ट्रकको ठक्करबाट सडकमा ढलेका उनलाई सोही दिशातिर तीव्र गतिमा गुडिरहेको ना.६ ख ३०१३ नम्बरको ट्रकले ठक्कर दिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

दुईवटा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। 

दुर्घटनापछि दुवै ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad