काभ्रेका एक युवकले आफ्नै आमालाई चिर्पट र नगर प्रहरीलाई छुरी प्रहार गरेका छन्।
खानिखोला- ५ घर भएका २८ वर्षीय विकास भुजेलले मादक पदार्थ खाएर ५० वर्षीया आमा सुनमाया भुजेललाई चिर्पट प्रहार गरेका हुन्।
चिर्पटले टाउकोमा प्रहार हुँदा सुनमाया घाइते भएकी छन्। उनलाई प्राथामिक स्वास्थ्य केन्द्र तालढुंगामा उपचारका लागि लगिएको छ।
ती युवकले खानिखोला गाउँपालिकामा कार्यरत नगर प्रहरी स्थानीय ३० वर्षीय पाल्साङ लामालाई पनि छुरी प्रहार गरेका जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
नगर प्रहरी लामालाई गाउँपालीकाको गेटमै छुरी प्रहार भएको हो। छात्ती र ढाडको बायाँ पट्टी छुरी प्रहार हुँदा लामा गम्भीर घाइते भएका छन्। उनलाई उपचारको लागि धुलिखेल अस्पताल लगिएको छ।
भुजेललाई छुरीसहित पक्राउ गरेर प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको छ।
Shares

प्रतिक्रिया