हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन।
यतिबेला (सोमबार बिहान) देशभरको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले सोमबार बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ।
‘हिमपातको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाटसमेत बच्नको लागि आवश्यक उपाय तथा सतर्कता अपनाउन अनुरोध छ,’ बुलेटिनमा भनिएको छ।
39
Shares

प्रतिक्रिया