समाज


सँगै काम गर्ने साथीले मध्यराति ओछ्यानमै सावेलले हाने, उपचारको क्रममा घाइतेको मृत्यु

सँगै काम गर्ने साथीले मध्यराति ओछ्यानमै सावेलले हाने, उपचारको क्रममा घाइतेको मृत्यु

नेपालखबर
मंसिर १३, २०८१ बिहिबार ८:३३, हेटाैँडा

गएराति मकवानपुरमा सुतिरहेको अवस्थामा एकजना मजदुरको हत्या भएको छ। 

मनहरी गाउँपालिका-६, प्रतापुर लच्का निवासी जितबहादुर मोक्तानको हत्या भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। 

उनलाई सँगै मजदुरी गर्ने साथी अमरबहादुर लोप्चनले सुतिरहेको बेला गएराति १ बजेतिर सावेल प्रहार गरेर हत्या गरेका हुन्।  

प्रहरीका अनुसार, अम्मर बहादुर र जितबहादुर दुवै सँगै मजदुरी गर्ने साथी हुन्। प्रायः उनीहरु जितबहादुरकै घरमा सँगै सुत्ने गर्थे। 

गएराति जितबहादुरकै घरमा उनीहरु सुतेका थिए। आपसी विवादको क्रममा अम्मर बहादुरले जितबहादुरलाई कुटपिट सुरु गरेका थिए। सावेल प्रहारसहितको कुटपिटबाट गम्भीर घाइते भएका जितबहादुरलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल, चितवन पठाइएको थियो।

उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालले जानकारी दिए। उनको शव अहिले चितवनस्थित सरकारी अस्पतालमा राखिएको प्रवक्ता अर्यालले बताए।

प्रहरीले कुटपिट गर्ने अम्मर बहादुरलाई नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया सुरु गरिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भैरहेको डीएसपी अर्यालले बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad