गण्डकी


रवि लामिछानेबारे लेखिएका समाचारमा कास्की जिल्ला प्रहरी कार्यालयको खण्डन

रवि लामिछानेबारे लेखिएका समाचारमा कास्की जिल्ला प्रहरी कार्यालयको खण्डन

नेपालखबर
मंसिर १३, २०८१ बिहिबार ८:४७, काठमाडौँ

सहकारी ठगी प्रकरणमा आफ्नो हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेका विषयमा सार्वजनिक समाचारप्रति कास्की जिल्ला प्रहरी कार्यालयले असन्तुष्टि प्रकट गरेको छ।

अनुसन्धानमा रहेका लामिछानेबारे आफूसँग सोध्दै नसोधी यस कार्यालयको स्रोतले भनेको भनी समाचार प्रकाशन/प्रसारण गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीले खण्डन गरेको हो। 

कार्यालका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्तकुमार शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ,  ‘यस जिल्ला प्रहरी कार्यालय, कास्कीको कुनै पनि आधिकारिक र औपचारिक स्रोतबिना नै यस कार्यालय र अनुसन्धानमा खटिएका अधिकृत भनी स्रोतको रूपमा उद्धृत गर्दै गरिएको समाचार सम्प्रेषणप्रति यस कार्यालयको ध्यानाकर्षण भएको छ। अपराध अनुसन्धान तथा कारबाहीजस्तो संवेदनशील विषयमा संवेदनशील भई सूचना सम्प्रेषण गरिदिनु हुन जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोध छ।’

जारी विज्ञप्तिमा विषय उल्लेख नगरिए पनि रास्वपा सभापति लामिछानेकै विषय भएको सहजै अनुमान गर्न सकिन्छ। 

यस विषयमा डीएसपी शर्मालाई बिहीबार बिहान नेपालखबरले जिज्ञासा राख्दा उनले भने, ‘विज्ञप्तिमा जे लेखिएको छ, त्योभन्दा बढी म केही बोल्दिनँ, विज्ञप्ति हेरेर तपाईं आफैँ बुझ्नुहोला र समाचार बनाउनुहोला।’ 

केही दिनअघि विभिन्न सञ्चारमाध्यमले स्वर्णलक्ष्मी सहकारी ठगी अनुसन्धानका लागि ‘आज रविलाई काठमाडौँ ल्याइँदै’ भनी समाचार लेखेका थिए। तर उनलाई अहिलेसम्म काठमाडौँ ल्याइएको छैन।  

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत कात्तिक २ देखि कास्की प्रहरीको हिरासतमा रहेका रविलाई काठमाडौँको स्वर्णलक्ष्मी सहकारीमा पनि ठगी गरेको आरोप लागेको छ। 

हेर्नुहोस् कास्की जिल्ला प्रहरी कार्यालयको विज्ञप्ति-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad