ad ad

समाज


काभ्रेमा ६५ वर्षका वृद्धलाई टिपरले ठक्कर दियो

काभ्रेमा ६५ वर्षका वृद्धलाई टिपरले ठक्कर दियो

नेपालखबर
साउन १२, २०८१ शनिबार ९:४५, काभ्रे

काभ्रेको धुलिखेलमा टिपरको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। 

गएराति करिब १० बजे धुलिखेल नगरपालिका ३ बाँसघारीस्थित अरनिको राजमार्गमा बनेपाबाट धुलिखेलतर्फ आउँदै गरेको बागमती प्रदेश ०१(००४ क ०१३० नम्बरको मिनि टिपरले ठक्कर दिँदा ती वृद्धको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ।

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा धुलिखेल अस्पतालमा राति साढे १२ बजे मृत्यु भएको हो। 

पैदल यात्रीको वतन नखुले पनि मृतकको गोजीमा फेला परेको स्वास्थ्य सेवा कार्डमा ६५ वर्ष उमेर र लालबहादुर तामाङ नाम उल्लेख भएको पाइएको छ। 

सडक छेउमा पैदल हिँडिरहेको बेला उनलाई टिपरले ठक्कर दिँदा टाउको र खुट्टामा गम्भीर चोट लागेको थियो। त्यसपछि प्रहरीले उनलाई अस्पताल पुर्याएको थियो। 

ठक्कर दिने गाडि र त्यसका चालक काभ्रेकै महाभारत गाउँपालिका ४ घर भएका ३१ वर्षीय पदम लामालाई जिल्ला प्रहरी कार्यलय काभ्रेले नियन्त्रणमा लिएको छ। 

घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .