ad ad

समाज


चितवन राष्ट्रिय निकुञ्जमा २२२ जनावरको उद्धार, ७६ वटा मरे

चितवन राष्ट्रिय निकुञ्जमा २२२ जनावरको उद्धार, ७६ वटा मरे

फाइल तस्बिर


नेपालखबर
साउन ७, २०८१ सोमबार १३:५१, चितवन

चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०८०/८१ मा पन्ध्र प्रजातिका ७६ वटा जनावार मरेका छन् । ती मध्ये सबैभन्दा बढी चित्तल  छन्। 

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत आवमा  कुकुरको आक्रमणबाट दुई र  २२ प्राकृतिक कारणले २४ चित्तल  मरेका थिए । यसैगरी सो अवधिमा   गैँडा २१ मरेका छन्। 

ती मध्ये १८  प्राकृतिक कारणले हो भने दुई चोरी सिकारीले र एउटाको कारण खुल्न नसकेको उनले बताए। यसैगरी प्राकृतिक कारणले आठ बाघ मरेका छन्। रतुवा छवटा मरेको अवस्थामा भेटिएको उनले बताए। ती सबै प्राकृतिक कारणले मरेका हुन् । पाँचवटा हात्ती र जरायो चारवटा प्राकृतिक कारणले मरेका छन्।

यसै अवधिमा घडियाल गोही दुईवटा मरेका छन्। एउटा प्राकृतिक कारणले हो भने एउटाको कारण खुल्न सकेको छैन। मगर गोही दुई, बँदेल एक, लगुना एक र दुईवटा अन्य जनावार प्राकृतिक कारणले मरेको सूचना अधिकारी  तिवारीले बताए।  

मृतावस्थामा भेटिएका जनावारमध्ये ७०  जनावार प्राकृतिक कारणले, दुई चोरी सिकारीले, दुई कुकुरको आक्रमणबाट र दुईवटा कारण खुल्न नसकेको उनले जानकारी दिए।

गत वर्ष निकुञ्जले दुई सय २२ वटा जनावरको उद्धार गरेको जनाएको छ । उद्धार गरिएकामा सबैभन्दा धेरै अजिङ्गर एक सय ४१ छन् । ३३  सर्प, ११–११  बाघ र मगर गोहीको उद्धार गरिएको उनले बताए।

चित्तल छवटा, गैँडा तीनवटा, जरायो, बँदेल र चितुवा दुई–दुईवटा, सुन कछुवा र घडियाल गोही एक–एकवटाको उद्धार गरिएको छ। अन्य जनावार नौवटाको उद्धार गरिएको सूचना अधिकारी तिवारीले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .