ad ad

समाज


रातिदेखि अवरुद्ध बीपी राजमार्ग एकतर्फी खुल्यो

रातिदेखि अवरुद्ध बीपी राजमार्ग एकतर्फी खुल्यो

फाइल तस्बिर


नेपालखबर
साउन ७, २०८१ सोमबार ११:१०, सिन्धुली

अविरल वर्षासँगै पहिरो जाँदा गए रातिदेखि अवरुद्ध भएको बीपी राजमार्ग एकतर्फी खुलेको छ।

बीपी राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिकाका विभिन्न स्थानमा बाढी तथा पहिराले रातिदेखि सडक अवरुद्ध भएको थियो।
 
अवरुद्ध रोशी–मङ्गलटार सडकखण्डको पहिरो हटाएपछि आज बिहानेदेखि एकतर्फी रुपमा यातायात सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ। 

राजमार्गको माम्तीखोला र भ्याकुरेखोलाको बाढी तथा मङ्गलटार क्षेत्रका विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो। अहिले पनि सुरक्षाकर्मी परिचालन गरी पहिरो पन्छाउने काम भइरहेको छ।
 
सडकलाई दुईतर्फी सञ्चालनमा ल्याउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए। 

उनका अनुसार दिउँसोसम्ममा दुईतर्फी यातायात सञ्चालन हुनेछ। गत असार अन्तिम साता पनि उक्त सडकखण्ड अवरुद्ध भएको थियो। उक्त क्षेत्रमा स–साना पहिरो ग्इरहने भएकाले तत्काल पहिरो पन्छाउन स्काभेटरलाई ‘स्याण्डबाई’ राख्दै आइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .