ad ad

समाज


यी हुन् नारायणघाट–मुग्लिङ सडकखण्डमा बस र ट्याकंर ठोक्किँदा घाइते भएका १६ जना

एक जनाको अवस्था गम्भीर
यी हुन् नारायणघाट–मुग्लिङ सडकखण्डमा बस र ट्याकंर ठोक्किँदा घाइते भएका १६ जना

नेपालखबर
साउन ५, २०८१ शनिबार १८:४२, मकवानपुर (हेटौंडा)

नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका-१९, भतेरी भन्ने स्थानमा बस र तेल ट्यांकर ठोक्किँदा घाइते भएकाहरूको परिचय खुलेको छ।

दुर्घटनामा घाइते भएका बसमा सवार १६ जनाको परिचय खुलेको जिल्ला प्रहरी कार्यालय, चितवनले जानएको छ। प्रहरीका अनुसार घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ।

नारायणघाटबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १४०१ नम्बरको बस र सोही दिशाबाट जाँदै गरेको ना ७ ख ५४९१ नम्बरको पेट्रोल टयाङ्करको एकापट्टिको भागमा ठोक्किँदा दुर्घटना भएको हो।

घाइते हुनेमा बारा निजगढ नगरपालिका–१३ बस्ने बस चालक वर्ष ४१ को लालबहादुर घलान (अवस्था मध्यम), सोही बसका सहचालक तनहुँ भानु नगरपालिका–१ बस्ने वर्ष ३९ को राजेन्द्र क्षेत्री (अवस्था मध्यम), भरतपुर महानगरपालिका–१६ बस्ने वर्ष २६ का विनिता सुवेदी आचार्य (अवस्था मध्यम), विनिताको ४ वर्षका छोरा विप्लव आचार्य (अवस्था मध्यम) रहेका छन्। 

यस्तै, तनहुँ बन्दीपुर गाउँपालिका–१ बस्ने वर्ष ५३ को बद्रिकुमार श्रेष्ठ (अवस्था मध्यम), भानु–४ बस्ने वर्ष ४१ का सृजना रानाभाट (मध्यम), सोही स्थानको २५ वर्षकी अमृता रानाभाट (अवस्था मध्यम), तनहुँ ब्यास नगरपालिका–१२ बस्ने वर्ष ६० को झलकबहादुर थापा (अवस्था मध्यम), म्याग्दी गाउँपालिका–१ बस्ने वर्ष ३३ का मनमाया आले (अवस्था मध्यम), मनमायाको ७ वर्षीय छोरा ऋषभ आले (अवस्था मध्यम) रहेका छन्। 

तनहुँ व्यास–१ बस्ने वर्ष २९ का अमृता थापा (अवस्था मध्यम), लमजुङ सुन्दर बजार–१० बस्ने वर्ष ३२ को पदम भुजेल (अवस्था मध्यम), तनहुँ व्यास–१ बस्ने वर्ष ४३ का कमला माया थापा (अवस्था मध्यम), तनहुँ व्यास–६ बस्ने वर्ष २७ को निरज गिरी र निरजका ५ वर्षका छोरा सुलभ गिरी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिए। 

उनका अनुसार तनहुँ बन्दीपुर गाउँपालिका–१ बस्ने ५३ वर्षीया सिर्जना श्रेष्ठको भने अवस्था गम्भीर रहेको छ।

उनको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार भैरहेको डीएसपी रिजालले जानकारी दिए।

घाइते मध्ये अन्य ११ जनाको पनि सोही अस्पतालमा भर्ना गरिएको छ भने ४ जनालाई भरतपुर स्थित सरकारी अस्पताल र एकजनालाई पुरानो मेडिकल कलेजमा उपचारत रहेका छन्। 

शनिबार दिउँसो नारायणगढबाट पोखरा जाँदै गरेको ग २ ख १४०१ नम्बरको बस सोही दिशातर्फ जाँदै गरेको ना ७ ख ५४९१ नम्बरको पेट्रोल बोकेको तेल ट्याङकरको पछाडि ठोक्किदा बसमा सवार १६ जना यात्रु घाइते भएका हुन्।

चितवन प्रहरीका अनुसार ट्यांकर चालक वीरगन्ज महानगरपालिका–१६ बस्ने वर्ष ४२ को परवेज आलम प्रहरीको नियन्त्रणमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .