ad ad

बागमती


नारायणघाट–मुग्लिङ सडकखण्डमा बस र ट्याकंर ठोक्किँदा १६ जना घाइते

नारायणघाट–मुग्लिङ सडकखण्डमा बस र ट्याकंर ठोक्किँदा १६ जना घाइते

नेपालखबर
साउन ५, २०८१ शनिबार १८:७, मकवानपुर (हेटौंडा)

चितवनको भरतपुर महानगरपालिका–२९ स्थित नारायणघाट–मुग्लिङ सडकखण्डमा बस र तेलको ट्याकंर ठोक्किँदा १६ जना घाइते भएका छन्।

शनिबार दिउँसो उक्त सडकखण्ड अन्तर्गतको भतेरी भन्ने स्थानमा बस र तेलको ट्याङ्कर एक आपसमा ठोकिएको चितवन प्रहरीले जनाएको छ।

नारायणघाटबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १४०१ नम्बरको बस, सोही दिशाबाट जाँदै गरेको ना ७ ख ५४९१ नम्बरको पेट्रोल टयाङ्करको एकापट्टीको भागमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा घाइते भएका १६ जनालाई उपचारका लागि नयाँ मेडिकल कलेज र पुरानो मेडिकल कलेज, भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता एवं डीएसपी भेषराज रिजालले जानकारी दिए।

उनका अनुसार, घाइते मध्य ११ जनालाई नयाँ मेडिकल कलेजमा भर्ना गरिएको छ। तीमध्ये १ जनाको अवस्था गम्भीर रहेको छ भने १० जना मध्यम घाइते छन्।

यसैगरी पुरानो मेडिकल कलेजमा १ जना र सरकारी अस्पतालमा ४ जनालाई भर्ना गरिएको छ। उनीहरुको अवस्था मध्यम रहेको छ।

प्रहरीका अनुसार घाइतेहरुको परिचय खुलिसकेको छैन। दुवै सवारी साधन प्रहरी नियन्त्रणमा लिइएको डीएसपी रिजालले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .