ad ad

समाज


२५ जना लिएर रामेछापबाट काठमाडौँ आउँदै गरेको बस लिखु तामाकोसीमा दुर्घटना

चालकसहित चार जनाको अवस्था गम्भीर
२५ जना लिएर रामेछापबाट काठमाडौँ आउँदै गरेको बस लिखु तामाकोसीमा दुर्घटना

दुर्घटनामा परेको बस। तस्बिर: सामाजिक सञ्जाल


नेपालखबर
असार १४, २०८१ शुक्रबार ९:७, काठमाडौँ

रामेछापबाट काठमाडौँतर्फ आउँदै गरेको बस आज बिहान रामेछापको लिखु तामाकोसीमा दुर्घटनामा परेको छ। 

लिखु तामाकोसी गाउँपालिका- ६ खिम्ति केउरिनीस्थित बिर्ताडाँडा भन्ने ठाउँमा बा ५ ख ५६२५ नम्बरकाे बस दुर्घटना हुँदा १० जनाजति घाइते भएका जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कौशल न्यौपानेले नेपालखबरलाई जानकारी दिए। बसमा २५ जना सवार थिए। 

दुर्घटनामा बसका चालक हिराधर खत्री, यात्रु सविना श्रेष्ठ, मानबहादुर श्रेष्ठ, टेकनारायण श्रेष्ठ, शंखकुमारी तामाङ, सुजाता श्रेष्ठ र झलक श्रेष्ठ घाइते भएका छन्। घाइते सबै स्थानीय हुन्।

लिखु तामाकोसी- ६ का वडाध्यक्ष शिवप्रसाद न्यौपानेले घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको बताए। 

‘म डाक्टर सापलाई लिएर भर्खरै घटनास्थलमा आइपुगेको छु,’ वडाध्यक्ष न्यौपानेले नेपालखबरसँग भने, ‘घाइतेमध्ये लिखु तामाकोसी- ६ बिर्ताकी सकुन्ताल श्रेष्ठ, लिखु तामाकोसी- ६ कै धारे भन्ने ठाउँकी सावित्री घिमिरे, बसका चालक हिराधर खत्री र स्थानीय सविना श्रेष्ठको अवस्था गम्भीर छ।’

गम्भीर घाइतेलाई एम्बुलेन्स र टाटासुमोमा राखेर सदरमुकाम मन्थलीतिर लगिएको उनले बताए। 

‘सडकबाट झण्डै ३० मिटर खसेपछि बसलाई ठूलो चिलाउने रुखले रोकेछ,’ वडाध्यक्ष न्यौपानेले घटनास्थलबाट नेपालखबरसँग भने, ‘यो रुखले बसलाई नरोकेको भए ठूलो पहरोबाट बस तल खस्ने रहेछ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .