ad ad

समाज


दुई दिनदेखि अवरुद्ध खाँदबारी–किमाथांका सडकमा गाडी चल्न थाले

दुई दिनदेखि अवरुद्ध खाँदबारी–किमाथांका सडकमा गाडी चल्न थाले

फाइल तस्बिर


नेपालखबर
माघ २३, २०८० मंगलबार ९:२, सङ्खुवासभा

सुक्खा पहिरोले अवरुद्ध उत्तर–दक्षिण कोशी सडकअन्तर्गत सङ्खुवासभाको मकालु गाउँपालिकाको खाँदबारी–किमाथाङ्का सडकखण्डमा दुई दिनपछि पुनः गाडी चल्न थालेका छन्।  

खाँदबारी–किमाथाङ्का सडकमा दुई दिनपछि गाडी चल्न थालेका उत्तर–दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनियर सविन कोइरालाले जानकारी दिए।

सडकमाथिबाट ठुल्ठूला ढुङ्गासहितको सुक्खा पहिरो खसेर सो सडकखण्ड अवरुद्ध भएको थियो। सो सडक तिब्बतको चाँगा र देन्दासँग जोडिन्छ। पहिरो खसेपछि उत्तरी क्षेत्रका भोटखोला गाउँपालिकामा खाद्यान्न ढुवानीमा समस्या सिर्जना भएको थियो। 

सडक अवरुद्ध भएपछि भोटखोलाबाट सदरमुकाम खाँदबारी आउने बस, बोलेर गाडी र दर्जनौँ यात्रु नयाँबस्ती नजिकै अलपत्र परेका थिए। 

त्यस क्षेत्रमा लगातार सुक्खा पहिरो खसिरहने भएका कारण बेला–बेला कोशी राजमार्गको भोटखोला सडकखण्ड अवरुद्ध हुने गरेको छ। शनिबार बिहान सडक खन्दै गरेका बेला पहिरो खस्दा स्काभेटरका सहचालक घाइते समेत भएका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .