ad ad

समाज


हेटौँडा-काठमाडौं जोड्ने दुई राजमार्ग पहिरोका कारण अवरुद्ध

हेटौँडा-काठमाडौं जोड्ने दुई राजमार्ग पहिरोका कारण अवरुद्ध

नेपालखबर
जेठ ३२, २०८० बिहिबार १०:४९, काठमाडौँ

हेटौँडा-काठमाडौं जोड्ने दुईवटा राजमार्ग पहिरोका कारण अवरुद्ध भएका छन्।

बुधबार रातिको वर्षापछि गएको पहिरोले राजमार्ग अवरुद्ध भएको हो। पहिरोका कारण कान्ति लोकपथ र कुलेखानी–सिस्नेरी राजमार्ग अवरुद्ध भएका हुन्।

ललितपुरको भट्टेडाँडामा गएको पहिरोले कान्ति लोकपथ र मकवानपुरको इन्द्रसरोस्थित सिस्नेरीमा गएको पहिरोले कुलेखानी–सिस्नेरी राजमार्ग अवरुद्ध भएको हो।

सडक अवरुद्ध हुँदा सवारी साधनहरु बाटोमै रोकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताए। 

दुवै सडक-खण्डमा खसेको पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .