बाँकेको बैजनाथ गाउँपालिकामा लागेको मेलामा युवामाथि खुकुरी प्रहार गर्ने पाँच जनालाई बाँकेको कोहलपुरस्थित इलाका प्रहरी कार्यालयले पक्राउ गरेको छ।
उक्त गाउँपालिका–२ भौंरीकुनास्थित शिवमन्दिर परिसरमा लागेको पूर्णिमा मेलामा आइतबार राति युवती जिस्क्याएको विषयको विवादमा खुकुरी हानाहान हुँदा सोही ठाउँका नेपाली सेनामा कार्यरत लोकेन्द्र शाही सख्त घाइते भएका छन्।
घटनालगत्तै खटिएको प्रहरी टोलीले विभिन्न स्थानमा लुकिछिपी बसेका खुकुरी प्रहार गर्ने समूहका पाँच जनालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए।
पक्राउ पर्नेमा मकैबारी निवासी विष्णु रोकाय, सुरेश राना क्षेत्री, पुष्कर राना क्षेत्री, डिलबहादुर राना क्षेत्री र वीरु भन्ने यामबहादुर राना छन्।
प्रनाउ शाहीका अनुसार घाइते शाहीको भारतको लखनऊमा उपचार भइरहेको छ।
घटनामा संग्लन तेजु रोकाय, विश्व रोकाय र दुर्बु रोकायको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया