बैंकिङ कसुरका फरार प्रतिवादी प्रमोदकुमार खड्कालाई प्रहरीको केन्द्रीयय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ।
काठमाडौंको तारकेश्वर नगरपालिका–९ (साविक मनमैजु गाविस–३) का खड्काले प्रशान्त जैसवालसँग २३ लाख रुपैयाँ सापटीको रुपमा लिएर ठगी गरेको प्रहरीले जनाएको छ।
खड्कालाई बैकिङ् कसुर मुद्दामा उच्च अदालत पाटनको गत वैशाख १६ गतेको फैसलाले १ महिना कैद र २३ लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो।
बुधबार पक्राउ परेका उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरी कैद भुक्तानको लागि कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंमा पठाईएको छ।
3
Shares

प्रतिक्रिया