समाज


दुई लाख दाइजोको नल्याएको भन्दै नेपाली चेलीको भारतमा हत्या

दुई लाख दाइजोको नल्याएको भन्दै नेपाली चेलीको भारतमा हत्या

नेपालखबर
असोज २७, २०७६ सोमबार २:२९,

विराटनगर महानगरपालिका-११ कि विवाहित एक युवतीको शव सीमावर्ती भारतीय बजार जोगवनीदेखि तीन किमि दक्षिण परमान खोलामा आइतबार फेला परेको छ।

भारतको जोगवनी प्रहरी चौकीका प्रमुख अफताब अहमदले दिएको जानकारीअनुसार विराटनगर-११ माइती भएकी २२ वर्षीया रन्जना सहनीको शुक्रबार राति भारतको अररीया जिल्लाको जोगवनीस्थित भेडयारीमा हत्या भएको अनुमान गरिएको छ।

मृतकको अनुहार र शरीरको विभिन्न भागमा चोटपटक देखिएको छ। सहनीलाई दाइजोका लागि उनका परिवारका सदस्यले दबाब दिँदै आएका थिए। दाइजो नल्याएको रिसमा उनको हत्या भएको आशंका स्थानीयले गरेका छन्।

भारतीय प्रहरीले हत्या आरोपमा मृतकका पति भारतीय नागरिक जोगवनी भेडयारीका–२५ वर्षीय भीम बहरदार सहनी, ससुरा सैनी बहरदार, जेठाजु अर्जुन बहरदार र छिमेकी शिवानन्द मुखियालाई पक्राउ रहेको छ।

सासू र जेठानी भने फरार रहेकोमा उनीहरुलाई खोजीकार्य भइरहेको भारतीय प्रहरीको भनाइ रहेको छ।

कुटपिटपछि उनको हत्या भएको अनुमान गरिएको छ। थप आवश्यक अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ।

रञ्जनाको ८ महिना अगाडी २३ फागुनमा बहरदारसँग मागी विवाह भएको थियो। दाइजो स्वरुप माग गरिएको २ लाख रुपैयाँ नदिंदा छोरीको हत्या भएको माइती पक्षको दाबी छ।

पन्ध्र दिन अगाडि पनि ज्वाइँले पसल खोल्नलाई रकम चाहिएको भन्दै दबाब दिएको र नदिएमा रञ्जनाको हत्या गर्ने धम्की दिएको माइती पक्षको आरोप छ।

विवाह पछि पनि ऋण काढेर ज्वाइँलाई मोटरसाइकल किनेर दिएको माइती पक्षले प्रहरी समक्ष बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad