वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा जाने युवालाई निःशुल्क सीपमूलक तालिम दिने भएको छ।
बोर्डले यो वर्ष १५ हजार युवालार्य १९ प्रकारका तालिम निःशुल्क प्रदान गर्ने तयारी गरेको हो।
तालिमका लागि बोर्डले यस वर्ष २५ करोड रुपैयाँ विनियोजन गरेको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए।
उनका अनुसार तालिम मंसिरदेखि सुरु हुनेछ। यो खबर आजको नयाँ पत्रिकामा मुना कुँवरले लेखेकी हुन्।
बोर्डले युवालाई ३० दिने सीपमूलक तालिम प्रदान गर्नेछ। तालिममा इच्छुक जो कोही युवा सहभागी हुन सक्नेछन्।
3
Shares

प्रतिक्रिया