समाज


सिन्धुपाल्चोक बस दुर्घटनाका ८१ घाइते घर फर्के, ६ को अवस्था अझै गम्भीर

सिन्धुपाल्चोक बस दुर्घटनाका ८१ घाइते घर फर्के, ६ को अवस्था  अझै  गम्भीर

नेपालखबर
असोज २६, २०७६ आइतबार ४:४८,

बडहरे बस दुर्घटनाका घाइते विभिन्न अस्पतालमा उपचारपछि घर फर्कन थालेका छन्।

शनिबारसम्म ८१ घाइते उपचारपछि घर फर्केका छन्। अझै २५ घाइते विभिन्न चार अस्पतालमा उपचाररत छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव काफ्लेका अनुसार विभिन्न अस्पतालमा अहिले उपचाररतमध्ये छ घाइतेको अवस्था चिन्ताजनक रहेको छ।

प्रहरीका अनुसार काभ्रेको धुलिखेल अस्पतालमा उपचार गराइरहेका ६६ मध्ये ५२ यात्रु घर फर्किसकेका छन्। त्यहाँ अझै १४ घाइतेको उपचार भइरहेको छ।

हेलम्बु यातायातको बा२ख २७१५ नंको बस २४ गते इन्द्रावती गाउँपालिका–१० भोटसिपा, बडहरे तिखुमोडमा दुर्घटनाग्रस्त हुँदा १०६ घाइते भएका थिए। दुर्घटनापछि हेलिकोप्टर र सवारी साधनबाट उद्धार गरी घाइतेलाई उपचारका लागि विभिन्न पाँच अस्पताल पु¥याइएको थियो।

बनेपाको शिरमेमोरियल अस्पतालमा उपचाररत १४ यात्रु फर्केका छन्। त्यहाँ दुई घाइतेको अझै उपचार भइरहेको छ। ट्रमा सेन्टरमा आठ घाइते उपचाररत छन्। सात घर फर्केका छन् । शंकरापुर अस्पतालमा रहेका सबै आठ घाइते उपचारपछि आ–आफ्नो घर फर्केका छन्।

काठमाडौँ मेडिकल कलेज (केएमसी) अस्पतालमा एक घाइतेको उपचार भइरहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad