छापा खबर


काठमाडौंका सडक मर्मतमा मात्रै एक अर्ब खर्च

काठमाडौंका सडक मर्मतमा मात्रै एक अर्ब खर्च

नेपालखबर
असोज २६, २०७६ आइतबार ४:१५,

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको पूर्वसन्ध्यामा सुरु गरिएको काठमाडौंका मुख्य सडकको मर्मत निरन्तर चल्ने भएको छ।

सडक मर्मतका लागि मात्रै चालू आर्थिक वर्षमा १ अर्ब रुपैयाँ विनियोजन गरिएकाले मर्मत निरन्तर चल्ने सडक विभागले जनाएको छ। १ अर्बमा काठमाडौंका ६० किमिभन्दा धेरै सडक मर्मत हुनेछन्। निर्माणाधीन सडकको हकमा भने सो रकम खर्च हुनेछैन। यो खबर आजको नयाँ पत्रिकामा टेकराज थामीले लेखेका छन्।

विभागका प्रवक्ता शिवहरि सापकोटाले राजधानीका सडक कालोपत्रे गरिनुमा चिनियाँ राष्ट्रपतिको भ्रमण संयोग मात्रै बन्न पुगेको बताए। मनसुन ढिलासम्म रहेकाले सडक मर्मतमा समय लागेको उनको तर्क छ।

‘वर्षा सकिएपछि र वर्षा सुरु हुनुअघि सडकको मर्मतसम्भार गरिनु नियमित कार्य हो। यो विगतका वर्षमा पनि हुन्थ्यो । यसपटक अलि धेरै बजेट विनियोजन भएको छ। त्यसकारण सडक मर्मतको काम देशभर नै हुनेछ।’

उनले भने ‘सडक मर्मत हुनु र चिनियाँ राष्ट्रपतिको भ्रमण हुनु संयोग मात्रै हो। यसपटक मनसुन ढिलासम्म रह्यो । पानी परेका बेला सडक कालोपत्रे गर्ने कुरो भएन। पानी रहेपछि नै कालोपत्रे गरिने हो। पानी रोकिनु र चिनियाँ राष्ट्रपतिको भ्रमण हुनु एउटै समय पर्‍यो । उहाँको भ्रमण नभए पनि यहाँका सडक कालोपत्रे हुन्थे।’

विभागका अनुसार दसैँको टीकाअघि काठमाडौं उपत्यकाभित्रका मुख्य सडकको मर्मत लगभग सकिएको छ। अब बाँकी सडकको मर्मत तीव्र बनाइनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad