उत्तरपूर्वी सिरियामा टर्कीले जारी राखेका हवाई र स्थलगत आक्रमणको कारण सो क्षेत्रका बसोवास गर्दै आएका करिब १ लाख व्यक्ति विस्थापित भएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिया गुटेर्रस्का प्रवक्ता स्टेफान डुजार्रिकले शुक्रबार बताएका छन्।
सिरियाको उत्तरपूर्वी भागमा रहेका कुर्दिश लडाकू समूह र टर्की सुरक्षाबलबीच जारी यस युद्धमा दुबैतर्फ हताहत भएको संयुक्त राष्ट्रसंघीय मानव अधिकारका लागि उच्चायुक्तको कार्यालय (ओएचसीएचआर) ले जनाएको छ।
सीमानामा पर्ने दुबै शहरहरुमा बम विस्फोटको समाचार भएको संयुक्त राष्ट्रसंघीय मानवीय मामिलाको समन्वय कार्यालय (ओचा) ले जनाएको छ।
टर्कीले जारी राखेको यस अभियानका क्रममा गत दुई दिनयता नागरिकको हताहत भएको समाचार प्राप्त हुन थालेको मानवअधिकार कार्यालयहरुले जनाएका छन्।
जारी यस द्वन्द्वको कारण विस्थापित भएका नागरिकहरुलाई उनीहरूको घर फर्कन वा अन्यत्र फर्कन नसक्दासम्म उनीहरूलाई सहयोग र सुरक्षा प्रदान गरिनुपर्ने राष्ट्रसंघले जनाएको छ। सिन्ह्वा
प्रतिक्रिया