ad ad

राजनीति


मन्त्री सहभागी समाजवादी पार्टीको चियापान कार्यक्रममा सिलिन्डर विस्फोट

मन्त्री सहभागी समाजवादी पार्टीको चियापान कार्यक्रममा सिलिन्डर विस्फोट

नेपालखबर
असोज २५, २०७६ शनिबार ७:४७,

समाजवादी पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा ग्यास सिलिन्डर विस्फोट भएको छ।

शनिबार बिहान जनकपुरको सोनामा गाउँपालिका ८ स्थित सिंहासनीमा नगर समितिले दशैँ, तिहार र छठ पर्वका अवसरमा चियापान तथा शुभकामना कार्यक्रमको आयोजन गरेको थियो। श्री रारा मावि सुकचैनाको विद्यालय परिसरमा आयोजित चियापान कार्यक्रम स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव पनि सहभागी थिए।

चिया पकाउँदै गर्दा ग्यास सिलिन्डर विस्फोट हुँदा चार जना घाइते बनेको प्रहरीले जनाएको छ। घाइते हुनेमा सोनमा गाउँपालिका–८ का २५ वर्षीय सरोजकुमार यादव, २६ वर्षीय कौशल यादव, २६ वर्षीय रितेशकुमार यादव र १७ वर्षीय सन्तोष पासवान रहेका छन्। उनीहरु चिया पकाउने कार्यमा खटिएका थिए।

चिया पकाउने कार्यक्रममा ग्यास लिक भएर आगो लाग्दा सो विस्फोट हुन पुगेको प्रहरीले जनाएको छ।

घाइते चारै जनाको जनकपुरस्थित जानकी हेल्थ केयर एन्ड टिचिङ हस्पिटलमा उपचार भइरहेको र उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .