जिल्लाको खप्तड छान्ना गाउँपालिकामा भालु गाउँमै आइ स्थानीयबासीलाई दुःख दिन थालेको छ।
खप्तड छान्ना गाउँपालिका–३ मेल्तडीमा खप्तड राष्ट्रिय निकुञ्जबाट भालु आउने गरेको स्थानीयवासीले बताएका छन्। खप्तड छान्ना गाउँपालिकासँगै जोडिएको खप्तड राष्ट्रिय निकुञ्जबाट भालु मेल्तडी गाउँमा देखापर्न थालेको छ।
मेल्तडी गाउँको कोटतला भन्ने स्थानमा भालुको आक्रमणबाट मंगलबार स्थानीय सुर्जनबहादुर रावलको गोठमा रहेका एक हल गोरुलगायत चार वटा पशु चौपाया घाइते भएका छन्। अहिलेसम्म चारवटा चौपायालाई भालुले आक्रमण गरेको रावलले बताए।
यसरी भालुले गाउँभित्र आएर गोठमा बाँधेका गोरुलाई आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित बनेका छन्। रासस
3
Shares
प्रतिक्रिया