समाज


मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

नेपालखबर
असोज २०, २०७६ सोमबार १४:५३,

चितवनमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा इच्छाकामना गाँउपालिका–६ की ७० वर्षीया इजली मिया रहेका छन्। इच्छाकामना गाँउपालिका–६ पाँचकिलोमा मुग्लिनबाट नारायणगढतर्फ आउँँदै गरेको ग ७ प १९९६ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी मियाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .